काठमाडौं । बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली टोलीले आज मल्दिभ्सको सामना गर्दैछ ।
बिहीबार भएको च्याम्पियनसिपको पहिलो खेलमा जित निकालेको नेपाल आज हुने खेल जित्दै लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले हिजो श्रीलंकाविरुद्ध भएको खेलमा उत्कृष्ट पुनरागमन जित निकालेको थियो । पहिलो सेट २५-१९ ले गुमाएको नेपालले दोस्रो सेट २१-१५ ले श्रीलंकालाई सुम्पिएको थियो ।
तर तेस्रो सेटमा २५-१५ को जित निकाल्दै नेपाल खेलमा फर्कियो । त्यसपछिको चौथो सेट २५-१९ र पाँचौ सेट १५-१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पारेको थियो । ६ टोली सम्मीलित प्रतियोगिताको लिग चरणको शिर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछ्न् ।
तस्बिर:- काठमाडौं पोस्ट