नेपालको विजयी शुरुवात

काठमाडौं । बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले विजयी शुरुवात गरेको छ । बिहीबार दिउँसो भएको रोमाञ्चक खेलमा नेपालले श्रीलंकामाथि ३-२ को जित निकालेको हो ।

ढाका मिरपुरस्थित शहेद सुह्रावार्दी इन्डोर रंगशालामा भएको खेलमा नेपालले शुरुवाती २ सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । नेपालले पहिलो सेट २५-१९ ले गुमाउँदा दोस्रो सेट २१-१५ ले श्रीलंकालाई सुम्पिएको थियो । तर तेस्रो सेटमा २५-१५ को जित निकाल्दै नेपाल खेलमा फर्कियो । त्यसपछिको चौथो सेट २५-१९ र पाँचौ सेट १५-१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो ।

अब नेपालले २४ डिसेम्बरमा माल्दिभ्सको सामना गर्नेछ । त्यस्तै तेस्रो खेल बंगलादेशसँग खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्नेछ । लिगको शिर्ष दुई स्थानमा रहने टोली उपाधिको लागि भिड्नेछन् ।

तस्बिर:- काठमाडौं पोस्ट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *