काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीवार बसेको बैठकले मेडिकल कलेजमा तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै समितिले शिक्षा सम्बन्धि विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । यसभन्दा अघिपनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइन् ।
सभापति घर्तीले सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिइन् । त्यस्तै समितिले एसईई परीक्षा नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।