चोरी गरी घरमा लुकाइराखेको पल्सर मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाइराखेको प्रदेश ३ –०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ का पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ घर भई लामबगर बस्दै आएका वर्ष २२ का बुद्धिबहादुर तामाङ्ग छन् ।

उक्त मोटरसाइकल मनमैजुस्थित घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । मोटरसाइकलसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *