USAID

आजपनि प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि प्रतिनिसभाको बैठकमा नाराबाजी गरेको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गरेका हुन् ।

यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार गरेको भन्दै नाराबाजी गरेका हुन् ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षड्यन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.