सार्क ल नेपालद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

काठमाडौं । सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरूको संस्था सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ ।

विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारका लागि प्रधानन्यायाधीश नै बाधक देखिएको, न्यायालयको साख र जनआस्था वृद्धि गर्ने संवैधानिक दायित्वबाट विमुख भएको तथा न्यूनतम पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिक एवं कार्यदक्षता नदेखिएको ठहर गर्दै सार्क ल नेपालले प्रधानन्यायाधीशको राजीनामा माग गरेको हो ।

उक्त संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यो वर्तमान जटिल अवस्थाको अन्त्यका लागि प्रधान्यायाधीश जबराको तत्काल बहिर्गमन हुनुपर्ने देखिएकाले निजबाटै राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतन्त्रता, स्वच्छ र निष्पक्षताका लागि उचित हुन्छ ।’ न्यायिक नेतृत्वका लागि न्यायिक गुण तथा कार्यक्षमता, असल आचरण र व्यवहारको समेत अभाव भएकाले जबरा न्यायिक नेतृत्व गर्न असफल भएको सार्क ल नेपालको निष्कर्ष छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *