ह्वात्तै घट्यो सुनको मूल्य, आज तोलाको कति?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । मंगलबार सुन प्रतितोला ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन पनि आज ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, आज चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा किनबेच भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *