एमाले पार्टी कार्यालय सारिदै

काठमाडौं। थापाथलीमा रहेको नेकपा (एमाले) को केन्द्रीय पार्टी कार्यालय च्यासल सर्ने भएको छ। बल्खुस्थित निर्माणधीन पार्टी कार्यालय हालै संचालनमा आउने अवस्था नरहेपछि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानसँग एमालेले पाँच ५ वर्षको सम्झौता गरिसकेको छ । बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । त्यही ठाउँमा एमालेले अत्याधुनिक भवन बनाउन लागेको हो ।

यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय थापाथलीमा सरेको थियो। तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्षसहित १२ कोठा रहेको उक्त भवनप्रतिष्ठान आफैलाई चाहिने भएपछि थापाथली सारिएको थियो ।

हालको कार्यालय पनि अपर्याप्त भएपछि पार्टीको आफ्नै भवन निर्माण नहुन्जेलसम्मलाई च्यासल सार्न लागिएको एमालेले जनाएको छ । हाल सरेको पार्टी कार्यालय भवनमा यसअघि यूएन वुमेनको नेपाल कार्यालय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *