‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन्। दिउँसो १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

सातदोबाटो तेस्रो जितको लागि खेल्दै छ भने आर्मी शीर्ष स्थानका लागि खेल्दै छ । सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ भने आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

यस्तै, पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ। संकटा ४ खेलबाट ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *