काठमाडौं। नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा मनोनित सदस्यहरुको सपथग्रहण आज हुने भएको छ । केन्द्रीय कमिटीमा मनोनित ४४ जनाले आज च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठान भवन सपथ लिन लागेका हुन् ।
शपथ ग्रहण कार्यक्रम अहिले विहान ११ बजे राखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथ गराउने कार्यक्रम रहेको छ ।
मंसीर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण वैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो ।