त्रिपाठी संयोजकत्वमा नयाँ पार्टी घोषणा

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेकपा (एमाले)सँगको पार्टीगत सम्बन्ध र सहकार्य अन्त्य गर्दै नयाँ पार्टी खोलेका छन्।

उनले मंगलबार जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा गरेका हुन्। नयाँ पार्टी घोषणासँगै एमालेसँग उनको सहकार्य बन्द भएको छ। प्रतिनिधिसभा सदस्यका लागि २०७४ मा भएको निर्वाचनमा त्रिपाठी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर लडेका थिए।

सूर्य चिह्नमा मत मागेर विजयी भएका उनी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा पहिला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र दोस्रोपटक स्वास्थ्यमन्त्री भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *