सभापतिमा देउवा एक सय ४४ मतले अगाडि, अन्य उम्मेदवारको कति? (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाए ।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो । १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाए । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाए ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *