लिङ्देनलाई बधाई दिनेको ओइरो (फोटोफिचर)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् ।

विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले सम्पन्न निर्वाचन आन्तरिक प्रतिस्पर्धा मात्रै रहेकाले आफ्ना शुभचिन्तक तथा कार्यकर्तालाई विजय जुलुस ननिकासमेत आग्रह गरेका छन् ।

‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’ उनले भने, ‘आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन । हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं ।’

राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले बोलेका कुरालाई व्यवहारमा देखाउने उनको भनाई रहेको छ । अध्यक्षमा कमल थापालाई हराएपछि लिङ्देनलाई बधाई दिनेको धुईँचो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *