काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सभापतिमा राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् ।
जारी महाधिवेशनअन्तर्गत शनिबार मध्येरातमा सम्पन्न मतदानको मतगणनामा सभापतिका अर्का प्रत्यासी कमल थापालाई पछि पार्दै उनले सुरुदेखि नै अग्रता कायम राखेका हुन् ।
हालसम्म गणना भएको मतपरिणममा लिङ्देनले ११२१ मत ल्याउँदा थापाले १०२० मत ल्याएका छन् ।