थप १५८ संक्रमित, दुईको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १५४ तथा एन्टिजेन विधिबाट २ हजार ३१४ जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो सोही अवधिमा थप ३४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी थप २ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै मृत्युहुनेको कूल संख्या ११ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ६११ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *