परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दाबी गर्दै १५ जनाले दरखास्त दिएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिले कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो ।

दरखास्त दिने अन्तिम म्याद बिहीबारसम्म थियो । अध्यक्षका लागि शिक्षा तथा परीक्षाको क्षेत्रमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ । शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष बिताएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

दरखास्त दिने व्यक्तिले बोर्डको नेतृत्व गर्नेसम्बन्धी अवधारणापत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेस गरेका छन् । बोर्ड अध्यक्षका लागि उमेरको हदबन्दी छैन । प्राप्त दरखास्तलाई मन्त्रालयले लोकसेवा आयोगमा पठाएको छ ।

बोर्ड अध्यक्ष छनोटका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा प्राध्यापक डा लेखनाथ शर्मा र मीना गुरुङ सदस्य रहेको समिति गठन भएको थियो । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *