कांग्रेसको नुवाकोट सभापतिमा रमेश महत विजयी

नुवाकोट । नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी भएका छन् ।

सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित महतले ८३३ तथा उनका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गरे ।

उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी भएका छन् । शुक्रबार भएको मतदानको शनिबार परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ । सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुन् भने उनका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *