एमाले केन्द्रीय कमिटी संख्या ३०१ पुर्‍याइयो, उपाध्यक्ष र उपमहासचिव संख्या थप

काठमाडौं, मंसिर ११। नेकपा एमालेले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

उनका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेस गरिने भट्टराईले जानकारी दिए । एमालेल अनुशासन आयोग र लेखा आयोगलाई २५–२५ सदस्यीय बनाएको छ । बैठकले स्थायी कमिटीबाट मनोनीत गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *