वर्षमान पुनको थप उपचार चीनमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि चीन उडेका छन् । पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको थप उपचार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा हुनेछ ।

जटिल प्रकृतिको जण्डिसबाट प्रभावित पुनले केहि समयपहिले बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका थिए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला चीनको सेन्जेन उडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *