ओली मुुलुक र जनताको लागि ‘फादर अफ द नेशन’: नेता बस्नेत

काठमाडौं, मंसिर ९ । नेकपा (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टी अध्यक्ष ओली मुुलुक र जनताको लागि फादर अफ द नेशन भएको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजनामा आज काठमाडौँमा आयोजना गरिएको विचार गोष्ठी तथा साइवर सर्कल घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले

एमालेको १० औं महाधिवेशनबाट अध्यक्ष ओली सर्वसम्मत हुँदै पार्टी अध्यक्षको रुपमा दोस्रो कार्यकालको नेतृत्व गर्दै गर्नेमा कुनै संका नभएको उनले बताए । उनले आगामी निर्वाचन पछि शक्तिसाली प्रधानमन्त्रीको रुपमा आउने समेत दाबी गरेका छन् ।

सार्ववर सर्कल कुनै अराजक तत्वलाई कानुनी प्रकृयामा ल्याउने मात्र नभई एमालेले गरेका सकारात्मक गतिविधिहरुलाई जनताको माझमा लैजाने उनको भनाई छ ।आगामी निर्वाचन पछि कांग्रेस वर्तमान अवस्थाको भन्दा हाफ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टी पत्ता साफ हुनेसमेत नेता बस्नेतको दाबी छ ।

कांग्रेसले मुलुक र जनताको मुद्धालाई त्यागी विदेशी तथा दलाल, भ्रष्ट, अवैध गठबन्धन गरी जनतालाई धोका दिएकाले निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *