सीटीईभीटीले छिट्टै नर्सिङ भर्ना खोल्दै

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीं)ले प्रमाणपत्र तहअन्तर्गत नर्सिङ विषयको पढाइका लागि छिट्टै भर्ना खुलाउने भएको छ ।

माध्यमिक शिक्षा परिषद् (एसईई)को नतिजा सार्वजनिक भएर पनि नर्सिङको भर्ना नखुल्दा सयौँ विद्यार्थी पढाइबाट वञ्चित भएका थिए । एसईईको नतिजा गत साउनमा सार्वजनिक भएको थियो ।

अरू विषयमा भर्ना खुलेर पढाइ सुरु भइसक्दा पनि नर्सिङको पढाइ भने रोकिएको थियो । परिषद्को तयारीसंँगै लामो समयदेखि पर्खाइमा रहेका विद्यार्थीको चाहना पूरा हुने भएको छ ।

विगतमा ५० शैयाको अस्पताल भएका वा सो क्षमता बराबरको अस्पताल सञ्चालन गरेको संस्थासँग समन्वय गरेर सञ्चालनमा रहेका शिक्षण संस्थाले नर्सिङ विषयको पढाइ सञ्चालन गरिरहेका थिए तर चिकित्सा शिक्षा ऐनले न्यूनतम एक सय शøयाको अस्पताल भएका शिक्षण संस्थाले मात्रै नर्सिङ तथा डेन्टल विषयको पढाइ सञ्चालन गर्न पाउने व्यस्था गरेपछि सीटीईभीटीले नर्सिङको भर्ना खुलाउन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *