समूहचरणबाटै बाहिरिने डरमा बार्सिलोना

एजेन्सी । क्याटलान क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बेन्फिकासँग गोलरहित बराबरीमै रोकिएपछि बार्सिलोना प्रतियोगिताको समूहचरणबाटै बाहिरिने डर बढेको हो ।

क्याम्प नोउमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केहि सुन्दर अवसरहरु सिर्जना गरेपनि बललाई पोस्टको दिशा दिन नसक्दा खेल बराबरीमा सकिएको हो । खेलमा दुवै टोलीके गोल गरेपनि अफसाइड भएपछि गोलले मान्यता पाएन । बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाढेका छन् ।

पाँचौ चरणको खेलको समाप्तिमा बार्सिलोना ५ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । बेन्फिका समान खेलबाट ५ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । समूहचरणको अन्तिम खेलमा बार्सिलोना बायर्नसँग पराजित भए र बेन्फिकाले ड्यानामो किभलाई हराएको खण्डमा बार्सिलोना समूहचरणबाटै बाहिरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *