राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

काठमाडौं, मङ्सिर ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधि निर्वाचन आजदेखि सुरु हुँदैछ । महाधिवेशनका लागि देशभरका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने लागेको हो ।

यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंंमा हुने पार्टीको महाधिवेशन प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछन । पार्टीका अनुसार, तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ सङ्गठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी चार हजार ५०० महाधिवेशन प्रतिनिधि हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *