गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकीमा सुवेदी निर्विरोध

गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उदय सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा शोभा अधिकारी, सचिवमा सुशिला भण्डारी र कोषाध्यक्षमा कृष्ण भारतीलाई निर्वाचित गरेको छ । समितिको सदस्यमा रमेश अर्याल, विश्व क्षेत्री, शिवराज त्रिपाठी, मेघमान श्रेष्ठ र चिन्तामणि पोख्रेल रहेका छन् ।

अधिवेशनको मादी गाउँपालिका–५ थाम ल्हाम्जा कास्कीमा आयोजित उद्घाटन समारोहमा लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक ३२५ बी १ का गभर्नर विशेश्वर आचार्यले नेपालका हरेक गाउँ पर्यटकीय सम्भावनाले युक्त भएको जनाउँदै तिनै गाउँको पर्यटन प्रवद्र्धनमा भिटोफले सक्रियता देखाएको बताए । गाउँ पर्यटनको विकासका लागि लायन्सले पनि उत्तिकै जोड दिएको उनको भनाइ थियो ।

भिटोफ गण्डकीका अध्यक्ष नवराज अधिकारीले गाउँका पर्यटकीय सम्भावनालाई उजागर गर्दै संस्था अघि बढेको जनाउँदै गण्डकी प्रदेशमा तीन सयभन्दा बढी घरबास सञ्चालनमा आएको बताए ।

कार्यक्रममा भिटोफका केन्द्रीय अध्यक्ष ध्रुव सिंखडा, भिटोफ गण्डकीका सल्लाहकार टीकाराम सापकोटा, सल्लाहकार एवम् पूर्वाध्यक्ष तारानाथ पहारी, निवर्तमान अध्यक्ष रवीन्द्रराज पौडेल, प्रा डा प्रेम शर्मा, सुशिला भण्डारीलगायतले गाउँ पर्यटनको महत्वका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा पत्रकारिताका माध्यमबाट गाउँ पर्यटनमा योगदान पुर्याएको भन्दै गाउँ पर्यटन सद्भावनादूत अमृत भादगाउँले, नेपाल टेलिभिजनका परशुराम शर्मा, फेवा टेलिभिजनका पुष्प दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रममा लायन्सका तर्फबाट थाम ल्हाम्जाका सर्वसाधारणलाई मौरीका घार वितरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *