USAID

नेपालको पर्वतारोहण पर्यटनको भारतमा प्रबर्द्धन


काठमाडौँ । भारतीय पर्वतारोहण प्रतिष्ठानको वार्षिका साधारण सभामा नेपालको प्रबर्द्धन गरिएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा बिग्रेडियर जनरल के कुमारले पुमेरी हिमाल आरोहणको बारेमा तयार पारेको प्रस्तुती राख्दै नेपालको पर्वतारोहण क्षेत्रको प्रबर्द्धन गरेका हुन् ।

कार्यक्रममा सहभागी नेपालका लागि ग्रीसका अबैतानिक बाणिज्यदूत विक्रमकाजी पाँडेका अनुसार बिग्रेडियर कुमारले यसैवर्षको बसन्त ऋतुमा गरेको पुमोरी हिमाल आरोहणका क्रममा खिचेका सगरमाथा, लोत्से, नुप्सेलगायत हिमाली क्षेत्रका फोटासहितको प्रस्तुत गर्दै नेपालको प्रवर्द्धन गरेका हुन् ।

‘पुमोरी हिमालको शिखरमा पुग्ने यो पहिलो भारतीय आरोहण दल हो,’ पर्यटन व्यवसायी समेत रहेका पाँडेले भने, ‘पुमोरीको टुप्पोबाट लिइएका सगरमाथा, लोत्से, नुप्से, खुम्बु हिमताललगायतका फोटाहरुको प्रस्तुतीले सर्वाधिक प्रशंसा कमाएको थियो ।’

भारतले प्रतिष्ठानको वार्षिका साधारण सभालाई पर्वतारोहण पर्यटनको लागि भेटघाट र विचारविमर्श गर्ने मञ्चको रुपमा उपयोग गर्दै आइरहेको छ । नेपालका हिमाल आरोहणका लागि हरेक वर्ष ४-५ वटा आरोहण दल आउने गरेको जानकारी दिँदै पाँडेले पछिल्ला वर्षहरुमा सगरमाथा आधार शिविरमा भारतीय आरोहीहरुको संख्या सबैभन्दा देखिने गरेको बताए ।

हिमालय क्षेत्रको प्रबर्द्धनमा पुर्याएकाे योगदानको सम्मान गर्दै नेपालको तर्फबाट पाँडेलाई सन् २०१४ मा सम्पन्न वार्षिक साधारण सभाको निर्णयबमोजिम भारतीय पर्वतारोहण प्रतिष्ठानको सदस्यता प्रदान गरिएको थियो ।

फाेटाेः बिक्रमकाजी पाँडे


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *