पौडेलद्वारा प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा

स्याङ्जा । विश्व हिन्दू युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेलले कांग्रेसको १४ औं महाधवेशनअन्तर्गत यहीँ मंसिर ३ गते हुने प्रदेश अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समय नेविसंघको राजनीति गरेका पौडेल पछिल्लो समय विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्षको रुपमा जिल्लामा काम गरिरहेका छन् । पौडेल जिल्लामा सरल, शान्त, बौद्धिक, कुशल संगठनकर्ता, दूरदृष्टि भएका युवा नेताका रुपमा परिचित छन् । संघको जिल्ला अध्यक्ष भएपछि उनले केही उल्लेनीय काम गरेका छन् ।

उनले पछिल्लो समय विद्यालय तहमा नैतिक शिक्षा लागू गराउने माग गर्दै स्याङ्जाका पालिका, प्रदेश शिक्षा मन्त्रालयमा गएर ज्ञापन पत्र बुझाउने काम गरेका थिए । त्यसपछि केही पालिकहरुले स्याङ्जामा नैतिक शिक्षा लागू गरिसकेका छन् भने केहीले आउँदो शैक्षिक सत्रबाट लागू गर्ने बताएका छन् ।

त्यस्तै उनले देशमै पहिलो पटक स्याङ्जाका हरेक पालिकामा संस्कृत पुस्तकालय स्थापना गर्ने र त्यसको काम पनि अगाडि बढाएका छन् । अध्यक्ष पौडेल भन्छन्, ‘देश समृद्ध बनाउने हो भने पूर्वीय दर्शनको आधारमा चल्नु पर्छ र देशलाई हिन्दू राष्ट्र कायम गर्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *