देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ।

दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ। “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *