ओली रणनीति: प्रचण्ड, बाबुराम र माधव नेपाललाई चुनाव हराइछाड्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति निकै आक्रामक हुने गर्छन् । उनले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति शब्दवाण प्रहार गरिरहेका छन् ।

प्रचण्ड र बाबुराममाथि माओवादी द्वन्द्वका क्रममा १७ हजार मृत्युको दोष लगाउन थालेका छन् । उनले दुवैको नाम लिएर आइतबार एक कार्यक्रममा भने, १७ हजार मर्दा प्रचण्ड र बाबुराम कसरी बाँचे ? प्रचण्ड र बाबुरामले विदेशीको इशारामा देशमा हिंसा मच्चाएको आरोप समेत लगाइरहेका छन् ।

ओली माधवकुमार नेपालविरुद्ध झन् आक्रामक बन्दै गएका छन् । उनले नेपाल आफू बन्नभन्दा एमाले बिगार्न लागेको आरोप लगाइरहेका छन् ।

प्रचण्डलाई आउँदो चुनाव हराउन ओलीले रणनीति बनाइसकेका छन् । त्यसका लागि राप्रपाबाट प्रचण्डविरुद्ध चुनाव लडेका विक्रम पाण्डेलाई पार्टीमा भित्राउन खोजेका छन् । पाण्डे एमाले प्रवेश गर्ने निश्चित भइसकेको छ । उनको चितवनमा बलियो पकड छ ।

प्रचण्डमाथि चुनौती थप्न ओलीले उनका पूर्व सहकर्मी रामबहादुर थापा बादललाई साथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *