सल्यान बस दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका खारखोलामा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । ८ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको श्रीनगर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते तीन जनालाई होलिकोप्टरबाट कोहलपुर अस्पताल लगिएको छ । ३६ जना यात्रु सवार बस तिव्र गतिमा थियो । बस सडकबाट २ सय मिटर तल खसेकाले मृत्यु हुनेको संख्या बढेको हो ।

बसमा ३० यात्रु रहेका बताइएको छ । दशैँको बेला मुगुको राराछायाँनाथमा यात्रु बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो । नेपालका पहाडी मार्गहरूमा प्रत्येक वर्ष चाडवाडका बेला ठूला दुर्घटनामा परी धेरै मानिसले ज्यान गुमाउने गरेका छन्।

फोटोः गणेश भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *