काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४३८ पुगेको छ । क्वारेन्टाइनमा ११५ जना छन् भने आइसोलेसनमा ८४१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।