नेपाली समर्थक र खेलाडीको मायाले नेपाल फर्किए: अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फूटबल संघ(एन्फा)सँग नयाँ सम्झौता गरेका छन् । एन्फा र अल्मुताइरीबिच मंगलबार सन् २०२४ सम्मको लागि औपचारिक रुपमा सम्झौता भएको हो ।

यसअघि नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका अल्मुताइरीले साफको फाइनल खेल अगाडि नेपाल नफर्किने बताएका थिए । तर मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै अल्मुताइरीले नेपाली समर्थक र खेलाडीले आफुप्रति देखाएको मायाले गर्दा नेपाल फर्किएको बताए ।

यसपटकपनि अल्मुताइरीलाई तलब कतार फूटबल एसोसिएसनले नै उपलब्ध गराउनेछ । अल्मुताइरीले तीन चरणमा काम गर्ने योजनापनि सार्वजनिक गरे । उनले पहिलो चरणमा एसिया कप छनोटका लागि कार्यक्रम सार्वजनिक गरेका हुन् । यहि कार्तिक २९ गतेबाट शुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट उत्कृष्ट खेलाडी छनोट गर्ने अल्मुताइरीले बताए । यस्तै उनले बलिया राष्ट्र र विदेशी क्लबसँगपनि मैत्रीपूर्ण खेल खेल्ने जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *