प्रधानन्यायाधीश जबराले तोके ६ मुद्दाको पेशी

काठमाडौं। आजका लागि सर्वोच्च अदालतमा ६ इजलासमा ६ मात्र मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका मुद्दामा सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।

इजलास बहिष्कार गर्दै आएका प्रधानन्यायाधीश बाहेकका न्याायधीशहरु आइतबारको छलफलपछि सोमबारबाट बन्दीप्रत्येक्षीकरणबारेका मुद्दा हेर्न सकारात्मक रहेको बताइएको छ।

जसकारण आजबाट वन्दीप्रत्येक्षीकरणबारेका मुद्दाको सुनुवाई हुने सम्भावना देखिएको छ। आज प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकको छैनन्। आजका लागि १० मात्र न्यायाधीशका लागि इजलास तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *