काठमाडौँ । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।
संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । बिहीबारको प्रतिनिधिसभा बैठक पनि एमालेका सांसदले नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।