सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई भेटेर राजीनामा माग्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने भएका छन् । सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको हो ।

मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरालाई भेट्ने र राणाको राजीनामा माग्ने समझदारी भएको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिएका छन् । सोमबार प्रधानन्यायाधीश राणाले आफूबाहेका सात इजलास तोकेपनि कुनै पनि न्यायाधीश इजलासमा नबसी छुट्टै छलफलमा जुटेका थिए ।

राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका थिए । राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए ।

प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका थिए । तर न्यायाधीहरुश छुट्टै बैठकमा बसेपछि पूर्ण बैठक बस्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *