राजेन्द्र पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको प्रस्ताव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । बिहीबार प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बगग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका छन् ।

उनले प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी समेतको गठबन्धनबाट पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको जानकारी दिए । बागमतीमा मुख्यमन्त्रीका लागि कांग्रेस दलका नेता इन्द्र बानियाँ पनि दौडमा थिए।

तर केन्द्रमा पाँच दलीय गठबन्धनको सहमति अनुसार उनले पाण्डेलाई मुख्यमन्त्रीका लागि छाडेका हुन् । यो सहमतिपछि गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखकहाँ पेश गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *