अल्मुताइरीले साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षकको पद छाड्ने

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप फाइनलपछि नेपाल छोड्ने बताएका छन् । बुधबार बंगलादेशसँगको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अल्मुताइरीले साफको फाइनल खेलपछि मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिने बताएका हुन् ।

अल्मुताइरीकै प्रशिक्षणमा नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो । बुधबार भएको लिगचरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले एतिहासिक सफलता हात पारेको थियो ।

पहिलोपटक साफको फाइनल पुगेको खुशियाली मनाइरहेका नेपाली समर्थकलाई अल्मुताइरीको यस्तो निर्णयले स्तब्ध बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *