USAID

बैतडीमा दक्ष जनशक्ति अभावमा सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी । दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो ।

जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर, सिद्धेश्वर, शर्माली, हाट, रिम, कोटपेटरा र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिसप्रसाद भट्टले जानकारी दिए ।

हाल जिल्लाका नौ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको छ । उनले भने, “गएको दुई वर्षदेखि १५ स्थानबाट सुरक्षित गर्भपतन सेवा बन्द छ, कर्मचारी समायोजनपछि यहाँ रहेका तालिमप्राप्त दक्ष जनशक्ति बाहिर गएपछि समस्या भएको हो । ”

हाल सेवा बन्द रहेका १५ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको