गैरसांसदलाई मन्त्रीः ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

काठमाडौं। संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् ।

देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि यस कार्यको सर्वत्र विरोध भएको छ ।

प्रधानमन्त्रीको यस्तो कार्यले लोकतन्त्र समाप्त हुन सक्ने चेतावनीसमेत नागरिक अगुवा र कानुनविद्हरूले दिएका छन् । प्रधानमन्त्री देउवाको सो कार्यको उनकै पार्टी कांग्रेसभित्र समेत तीव्र विरोध र आलोचना भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको सो कार्यको पार्टीकै वरिष्ठ नेताहरूले तीव्र विरोध गरेका हुन् । कांग्रेस नेताहरूले गैरसांसदलाई मन्त्री बनाउने कार्यको विरोध मात्रै गरेका छैनन्, आफ्नै सभापतिको त्यस प्रकारको गलत कार्यले लोकतन्त्र मासिन सक्ने खतरासमेत औंल्याएका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *