काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन्। मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका देउवा शपथ ग्रहण अधि राष्ट्रपतिलाई भेट्न जान लागेका हुन् ।
बालुवाटार स्रोतले दिएको जानकारी अनुसार आजको भेटवार्ता नियमित रहेको र पछिल्लो राजनैतिक विषयमा समसामयिक विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री देउवाले आज प्रधानमन्त्री बनेको झण्डै तीन महिना पछि मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा छन् ।