USAID

नौ कलाकार ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित


काठमाडौं । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ ।

रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले बिहीबार आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गरिन् ।

त्यसैगरी मन्त्री भुसालले अभिनेतृ केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, रामराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गरिन् । सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताइन् ।

उनले राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुरेयाउनका निम्ति भएका ऐन/कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिइन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गरे ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *