सत्तारुढ गठबन्धन कार्यदलको बैठक बालुवाटमा जारी

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सहभागी छन् ।

सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले १८ मन्त्रालयको जिम्मेवारी आफैले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *