दुर्गेश थापाको ‘बहिस्कार’

गायक दुर्गेश थापाको ‘बहिस्कार’ बोलको गीत सार्वजनिक भएको छ । तीज गीतको विवादको जवाफ दिन उनले ‘बहिस्कार’ बोलको गीत ल्याएका हुन् ।

गीतको शब्दहरु दुर्गेशले नै लेखेका हुन् भने संगीत तथा स्वर पनि उनैले भरेका छन् । गीतमा र्याप भने साहस शाक्यको रहेको छ । अर्जुन तिवारी (एमबिए फिल्मस) र रुपेश थापाको छायाङ्कन रहेको गीतको भिडियोमा दुर्गेशका साथै अभिनेता पल शाहको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा निर्देशन तथा कोरियोग्राफी शिव विकको रहेको छ ।

दुर्गेशको ‘बीच्च बीच्चमा ४ –ख्यास्स पुतली’ बोलको तीज गीत विवादमा परेको थियो। गीतको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नै आपत्ति जनाएको थियो।

साथै उनलाई शब्द परिवर्तन गर्न ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । तर, दुर्गेशले संस्थाको आग्रह नमानेपछि उनलाई प्रतिष्ठानले बहिस्कार गर्ने निर्णय गेरको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *