गायिका इन्दिरा जोशीले गरिन फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट

काठमाडौं । माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए ।

इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् । उनीहरूको इन्गेजमेन्ट भएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ ।

उनीहरुको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका हुन् । आफूले सार्वजनिक रुपमा अहिलेसम्म यो विषयमा केही नबोलेकी इन्दिरालाई बधाईको ओइरो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *