माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष हुन्ः सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाएका छन् । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलनलाई बरबादीतिर लैजाने षड्यन्त्रको गोटी भएको पनि उनको आरोप छ ।

नेता थापाले भने, “म एकीकृत समाजवादी पार्टीलाई समूह पनि मान्न तयार छैन । यो स्वार्थप्रेरित अवसरवादीको झुन्ड हो । निर्वाचन आयोगमा दुई सय पार्टी दर्ता होलान्, के ती सबै जनतका पार्टी हुन् त ? कार्यकर्ता बेगरको नेता पार्टीमा ८ जना उपाध्यक्ष रे । त्यहाँ लागेका सबैजसो खान नपाएका जुका जस्ता छन् ।”

माधव नेपाल शेरबहादुर देउवाका बैसाखी, कम्युनिस्ट आन्दोलनको कचरा, विखण्डनकारी, पार्टी कब्जा गर्न खोज्ने प्रचण्डका शिखण्डी भएको आरो पनि उनले लगाए । थापाले थपे, “पार्टी विभाजन उनको ठूलो अपराध हो । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रतिक्रियावादीको मतियार हुन् । षड्यन्त्रका गोटी हुन् । माधव र प्रचण्डले तीन तहको निर्वाचनमा सहकार्यका लागि देउवाको पूजा आरती गरेको गर्यै छन् । कांग्रेसले महाधिवेशनपछि चुनाव घोषणा गरे। तिनलाई समयमै उत्तानटाङ लगाइदिन्छ । हिजो एक नम्बर पार्टी बनाउँछु भनेर एमाले फोड्ने बामदेव गौतम कहाँ छन् ? विभाजनकारीहरुले तन्द्रामा सपना देख्न सक्छन् । त्यो मनको लड्डु घिउसँग खाएजस्तै हो ।”

१६ वर्ष एमालेको नेतृत्व गरेर ढाक्रे भएका माधव नेपालले घाटमा पुग्ने बेलासम्म पनि स्वघोषित पार्टी अध्यक्ष नछाड्ने उनको ठोकुवा छ । १० बुँदे सहमतिका नाममा रुखको कुरा गर्दा हाँगाको, हाँगाको कुरा गर्दा जराको, जराका कुरा गर्दा पातका कुरा गर्न मिल्दैन । एमाले सबैका योगदान र जिम्मेवारीलाई आत्मसात गरेर अघि बढ्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *