एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ।अहिले विहान ११ बजे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमाबैठक बस्न सुरु हुन लागेको हो ।

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने छ । बैठक शनिबारपनि बस्नेछ ।

बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *