कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउन सत्ता गठबन्धन दलहरुबीच सहमति

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो । खड्कालाई बुधबार बिहान नियुक्त गरिने बताइएको छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो । असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए भने १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका थिए । तर प्रधानमन्त्री भएको साढे दुई महिना पुग्न लाग्दासमेत प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *