USAID

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने


काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले कतारमा ओमानसँग असोज १० गते आइतबार एक मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको हो ।

खेल आइतबार दोहास्थित कतार विश्वविद्यालय फूटबल मैदानमा नेपाली समय अनुसार ९:४५ बजे हुनेछ । फिफा वरीयतामा ओमान ७८ औं स्थानमा रहेको छ भने नेपाल १ सय ६८ औं स्थानमा छ । नेपाली टोली माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि हाल कतारमा रहेको छ । साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा आयोजना हुदैछ ।

कतार जानुअघि नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १-१ गोलको बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा २-१ गोलले पराजित भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *