एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । मंगलबार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराइएको पनि उनले बताए । पार्टीको बैठक बुधबाार पनि बस्ने उनले जानकारी दिए । बुधबारको बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उनको भनाइ छ ।

आवधिक कार्ययोजना बनाइ तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनःजागृत गरिने योजना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *