मदन भण्डारी जस्तो अर्को नेता जन्मिन नसक्दा जनताले दुःख पाएः दमननाथ ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले जननेता मदन भण्डारी जस्तो अर्को नेता जन्मिन नसक्दा जनताले दुःख पाएको बताएका छन् ।

मंगलबार मदन भण्डारीको जीवनमा आधारित पुस्तक ‘श्वेतशार्दूल’ सार्वजनिक कार्यक्रममा ढुंगानाले देशमा पटक पटक राजनीतिक परिवर्तन भए पनि मदन भण्डारी जस्तो नेता भने जन्मन नसकेको बताएका हुन् ।

उलने भने, ‘हाम्रो देशमा राजनीतिक परिवर्तन भइरहेको छ तर जनताको अपेक्षाको नेता छैन। त्यसबेला त्यो नेताको पूर्ति मदन भण्डारीले गरेका थिए ।’

उनले मदनले ल्याएको जबज कम्युनिष्टका लागि मात्रै नभएको पनि उनले बताए। जबजले कम्युनिष्टलाई देशमा वैकल्पिक शक्तिका रुपमा स्थापित गरेको भन्दै उनले अझै नयाँ मदन भण्डारी चाहिएको बताए । उनले अहिले मदनको जबज पनि अंशवण्डामा परिसकेको भन्दै दुखेसो व्यक्त गरे ।

उनले भने,‘जबज पनि अब त अंशवण्डामा पनि परिसकेको छ। अंशबण्डमा कता पर्ने हो थाहा छैन । यो दुःखको कुरा हो ।’ उनले नेपालमा कम्युनिष्ट पार्टीहरू शक्ति केन्द्रित गर्न लाग्दा फुटेको बताए ।

उनले भने,‘कम्युनिष्ट पार्टीले शक्ति केन्द्रित गर्छ। शक्ति केन्द्रित गर्नै लागेका कारण कम्युनिष्टहरू फुट्छन्।’ उनले अहिले कम्युनिस्ट र काँग्रेस दुवै पार्टीमा विचारको सङ्कट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजले कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।

उनले संविधानलाई संशोधनमार्फत पूर्ण बनाउन सकिने भएकाले त्यसतर्फ दलहरूले ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *