USAID

क्यानडाका प्रधानमन्त्री ट्रुडो संसदीय निर्वाचनमा विजयी


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सांसदका रूपमा आफ्नो सिट सुनिश्चित गरेका छन् । उनले कुबेक शहरको पापीनोमा जित हासिल गरेको बीबीसीले जनाएको छ ।

आफ्नो गृह जिल्ला पुगेका उनले आफूले पापीनोका उत्कृष्ट सांसदलाई मत दिएको बताएका थिए । प्रधानमन्त्री ट्रुडोले निर्वाचन अधिकृतहरूको प्रशंसा गर्दै ट्वीट पनि गरेका छन् ।

यसअघि उनको दल लिबरल पार्टीले ट्रुडो प्रधानमन्त्रीका रूपमै कायम रहनका लागि आवश्यक पर्ने सिट सङ्ख्या जित्ने अनुमान क्यानडाका सञ्चारमाध्यमहरूले गरेका थिए । सीटीभी र सीबीसी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका छन्।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *